Jheegu Information

All information of newar community.

अजिमापीठ

प्रकाशमान शिल्पकार (श्रेष्ठ) अष्टमातृका  येँ खड्गाकारया रूपय अष्टमातृका ः- (१) कङ्ग अजिमा – (कङ्केश्वरी), (२) न्यतमरू अजिमा – (श्वेतकाली, नरदेवी), (३) लुँति अजिमा – (इन्द्रायणी, ढल्को), (४) म्हैपी अजिमा – (ज्ञानेश्वरी, म्हैपी), (५) मैतीअजिमा – (पञ्चकुमारी, बालकुमारी, मैतीदेवी), (६) तकती अजिमा – (नीलवाराही, कालीमाटी), (७) बछला अजिमा – (वत्सलादेवी, पशुपति) र (८) लुँमढी अजिमा – (भद्रकाली, टुँडिखेल) ।  यद्यपि, यस विषयमा विभिन्न विद्वान्को विभिन्न मत रहेको पाइन्छ । संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायका अनुसार खड्गाकारमा स्थापित अष्टमातृका क्रमशः (१).नै अजिमा – (वैष्णवी), (२).कङ्ग अजिमा – (वाराही), (३).लुँति अजिमा – (इन्द्रायणी), (४).प्वार्पा अजिमा (चामुण्डा, नारसिंही), (५).चन्द्रलखु अजिमा (महालक्ष्मी), (६).पासिक्व अजिमा (ब्रह्माणी), (७).लुँमढी अजिमा (महेश्वरी) र (८). फिब्ब अजिमा (कौमारी) हुन् ।  खड्गको बिँडका रूपमा पचली भैरव रहेका छन् । कान्तिपुरका अन्य अजिमापीठ  स्वनिगः दुने थाय्थासे अजिमाया रूपय  दुपिं शमक्तिपीठ  नई अजिमा – (नकिनि अजिमा, पचली, टेकु), ख्वना अजिमा – (सिकाली पचली, टेकु), पासिक्व अजिमा  – (महालक्ष्मी, तीनधारा पाठशाला, कमलादी), फिसः (फिब्ब अजिमा, टुकुचा, माइतीघर), मनमैजु अजिमा (मनमैजु), असंभुलु अजिमा (अन्नपूर्ण देवी, असन), लुचुंभुलु अजिमा (केलटोल), कुलांभुलु अजिमा (रक्तकाली, त्यङ्गल), सख्वना माजु (नील सरस्वती, लैनचौर, लाजिम्पाट), कल्खु अजिमा (कलङ्की), तुसिमरु अजिमा (श्वेतकली, बालुवाटार), कुलेश्वर अजिमा (कुलेश्वर), प्राचीन बौद्ध अजिमा (बौद्ध), त्वरद्यः अजिमा (टुडाँलदेवी, विशालनगर), वटु अजिमा (भद्रकाली, वटु), पोर्पा अजिमा (रानी देवी, रानीबारी, लाजिम्पाट), प्याथ्वः अजिमा (बाइसधारा, बालाजु), दोलब्व (दोला) अजिमा (कुमारी, राष्ट्रबैङ्क गेटसँगै, थापाथली), न्हेकंतला अजिमा (उग्रतारा, न्हेकंतला), चन्द्रलखु अजिमा (नारायणहिटी दरबारभित्र), अरीं अजिमा (चिकंमुगल), दुई अजिमा (दुमाजु) (रत्नपार्क, खुलामञ्च गेट), भमलु अजिमा (कमलादी, असन), हारती अजिमा (स्वयम्भू), विजेश्वरी अजिमा (विजेश्वरी), ममता अजिमा (भाटभटेनी), जातिका अजिमा (थबःहि), हाकु अजिमा यट्खा (चोखाछेंगल्ली), महालक्ष्मी अजिमा (जनसेवा), ज्वाला अजिमा (त्यौढ), बिजेश्वरी अजिमा (बिजेश्वरी), तारिणी अजिमा (मखन बहाल), चास्को अजिमा (रुद्रायणी) आदि कान्तिपुर नगरभित्रका प्रमुख अजिमापीठ हुन् । स्वनिगः दुने दुपिं मेपिं  मुख्थ मुख्य शमक्तिपीठ तलेजु भवानी, द्वयमाजु (दिगु तलेजु), पुरानो गुह्येश्वरी (गोलढुङ्गा), गुह्येश्वरी (ग्वँल), शुभाभगवती (स्वाहाभगवती), दक्षिणकाली,नक्साल भगवती, कालिकास्थान, डिल्लीबजार, मैतिदेवी, कलङ्कीमाई, धुम्बाराही, भाटभटेनी, चामुण्डा (शङ्खमुल) आदि ।  मनूया जनजीवनय् मातृका  येँ स्वनिगःलय च्वंपिं स्थानीय मनूतयगु लाेकपरम्पराय थी थी द्यः वा मातृकाया शक्तियात न्ही न्ही छेलेगु सामान नाप स्वापु दुगु खनेदु।  गथेकी ः-   छेँया मूलुखाया क्वयँ (आग्लो) यात – गणेशया प्रतीक, क्वयँया जवंखवं च्वंगु खव – सिंहिनी र व्याघ्रिनी, वा, जाकी स्वथनेगु भकारी लाईयात  – अन्नपूर्ण वा महालक्ष्मीया प्रतीक, लाेंमा (सिलौटा)यात – कुमारी, लोहोरोलाई – वैष्णवी, चिउरा कुट्ने ओखललाई – वाराही, पानी राख्ने घैँटोलाई – चामुण्डा, भात पकाउने कसौँडीलाई – महाकाली, तरकारी वा दाल पकाउने कराही वा भाँडालाई – कुमार, कुचोलाई – ब्रह्माणी, नाङ्लोलाई – महेश्वरीको प्रतीक  त्यस्तै कृषि कर्म गर्ने किसान, शिल्प कर्म गर्ने शिल्पीहरूले आ–आफ्नो ज्यावललाई – गणेश, भीमसेन, विश्वकर्मा र विविध मातृकाको प्रतिमूर्ति मानेर पूजा उपासना गर्ने गर्छन् । 

Shyam Lal Shrestha
shyam-lal-shrestha-ji
Your Contribution